काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकबाट विश्वासको मत पाउनुभएकाे छ ।
प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधि सभामा आफूलाई विश्वासको मत छ भनेर राखेको प्रस्तावको पक्षमा १८८ र विपक्षमा ७४ मत खसेको हो । मत दिन्न भन्ने पक्षमा १ मत परेको छ ।
प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी पेश गरेको प्रस्तावमा पाएको मत प्रतिनिधिसभाको बहुमत भएको भन्दै सभामुख देवराज घिमिरेले प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गरेको घोषणा गर्नुभएकाे थियाे । बहुमतका लागि ओलीलाई १३८ मतको आवश्यक थियो । आइतबार प्रतिनिधि सभा बैठकमा २७५ सदस्यमध्ये २६३ जना सांसद उपस्थित थिए ।
कुन-कुन दलले दिए प्रम ओलीलाई मत ?
सरकारमा रहेका
नेपाली कांग्रेस
नेकपा एमाले
जनता समाजवादी पार्टी
लोकतान्त्रिक समाजवादी पार्टी
सरकारलाई समर्थन गरेका
जनमत पार्टी
जनता समाजवादी पार्टी नेपाल
नागरिक उन्मुक्ति पार्टी लगायत
कसले दिएनन् मन ?
नेकपा माओवादी केन्द्र
राष्ट्रिय स्वतन्त्र पार्टी
राष्ट्रिय प्रजातन्त्र पार्टी
नेकपा एकीकृत समाजवादी
नेपाल मजदुर किसान पार्टी
राष्ट्रिय जनमोर्चा
आम जनता पार्टी
केही स्वतन्त्र लगायत
