काठमाडौँ । प्रतिनिधि सभा सदस्य योगेशकुमार भट्टराईले स्वार्थको द्वन्द्वसम्बन्धी कानुन निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै भट्टराईले स्वार्थको द्वन्द्व बाझिँदा भ्रष्टाचार बढेको बताउनुभयो । यस्ता विषयमा सर्वोच्च अदालतले समेत कानुन बनाउन निर्देशन दिएको छिट्टै कानुन बनाउन अवश्यक रहेको भट्टराईको भनाइ छ ।
कतिपय विषयमा अदालतले नैतिकताको प्रश्न उठाएको भए पनि त्यो व्यक्तिमा भर पर्ने भएकोले कारबाहीको कानुनी आधार नभएको उहाँले बताउनुभयो । भ्रष्टाचार कम गर्नका लागि स्वार्थको द्वन्द्वसम्बन्धी कानुन तत्काल निर्माण गर्न आवश्यक रहेको उहाँको धारणा छ ।
