काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ ।
आज दिउँसो एक बजेको लागि बैठक बोलाइएको छ । आजको बैठकमा सभामुखले प्रतिनिधि सभा अन्तर्गतका विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची छ ।
त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रिय सभामा उत्पत्ति भएको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।
