काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. चन्द्रकान्त भण्डारीले आन्दोलनमा रहेका कृषि र पशु प्राविधिकको माग सम्बोधन गर्न आग्रह गर्नुभएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै भण्डारीले उनीहरू प्रति सरकारको नीति के हो भन्ने कुरा पनि प्रष्ट हुन माग गर्नुभयो । समस्या समाधान नगर्ने बल्झाइ रहने कस्तो नीति हो भन्दै उहाँले प्रश्न गर्नुभयो ।
भण्डारीले ठुलासँग अँगालो मार्ने तर सानालाई हेर्दै नहेर्ने नीति सरकारले लिनु नहुने बताउनुभयो । सरकार सबैको लागि समान हुनु पर्नेमा उहाँले जोड दिनुभयो । भण्डारीले सौर्य एयरलाइन्सको विमान दुर्घटना प्रति पनि दुःख व्यक्त गर्नुभयो ।
