काठमाडौं । प्रतिनिधि सभा सदस्य सुनिता बरालले चाडबाड केन्द्रित सडक मर्मतको काम अघि बढाउन आग्रह गर्नुभएको छ ।
प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै बरालले भदौ लाग्ने बित्तिकै चाडपर्व सुरु हुने र काठमाडौं छाडेर घर फर्कनेको चाप बढ्ने भएकोले त्यसको लागि वर्षाले बिग्रिएका सडक मर्मत गर्नुपर्ने बताउनुभयो । ‘सडक सञ्जाल जोडिएका जिल्लामा मर्मत कार्यलाई तीव्र रूपमा गर्नु जरुरी छ’, उहाँले भन्नुभयो ।
यसको साथै हवाई मार्गबाट घर फर्कनेहरूका लागि पनि सहज रूपमा जाने वातावरण बनाउनु पर्ने उहाँको भनाइ छ । हवाई यातायातमा असाध्यै धेरै अनियमितता हुन्छ, पहुँचको भरमा मात्र टिकट पाइन्छ भन्ने गुनासो रहेकोले त्यसको उचित व्यवस्था मिलाउन पनि उहाँले आग्रह गर्नुभयो ।
