काठमाडौं । प्रतिनिधि सभा सदस्य बिना लामाले अहिले नेपालमा सबै खालको यात्रा असुरक्षित भएको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै लामाले हवाई, बस, माइक्रो सबै क्षेत्रको यात्रा असुरक्षित रहेको बताउनुभयो । ‘ग्रामीण भेगमा पैदल यात्री पनि सुरक्षित छैन’, उहाँले भन्नुभयो ।
लामाले अहिले ग्रामीण क्षेत्रका सडक सञ्जाल अस्तव्यस्त भएका तथा पहिरोको कारण पैदल यात्रा सुरक्षित नभएको बताउनुभयो । जनतालाई सुरक्षित गर्न सुरक्षा सम्बन्धी कानुन ल्याउनु पर्ने उहाँको सुझाव छ ।
