काठमाडौं । प्रतिनिधि सभा सदस्य महेन्द्रबहादुर शाहीले राजनीतिक दलहरूकै गतिविधिको कारण जनतामा निराशा बढेको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै शाहीले जनताको निराशा सम्बोधन गर्न राजनीतिक दल जुटेर लाग्नु पर्ने बताउनुभयो । एकले अर्कालाई आरोप लगाएर मुक्त हुने स्थिति अहिले नभएको शाहीको भनाइ छ । जनताको निराशा आक्रोशलाई रोक्न नसके आवेगमा बदलिन सक्ने उहाँले चेतावनी दिनुभयो । युवामा देखिएको निराशा भोलि आवेग र आक्रोशमा बदलिए देशको हविगत के होला रु एक पटक सबै दलहरूले यो विषयमा गम्भीर चिन्तन गर्नुपर्ने आवश्यकता छ’ उहाँले भन्नुभयो ।
शाहीले माओवादी संविधान संशोधनको विपक्षमा नरहे पनि प्रतिगमनमा फर्कने कुरा भने सम्भव नभएको बताउनुभयो । संविधान गतिशील दस्ताबेज भएकाले त्यसलाई आवश्यकता अनुसार अग्रगमनको लागि संशोधन गर्न सकिने बताउँदै माओवादी पनि संविधान संशोधनकै पक्षमा रहेको उहाँले प्रष्ट पार्नुभयो ।
