काठमाडौं । प्रतिनिधि सभाबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक पारित भएको छ ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ पारित गरेको हो ।
विधेयक माथिको छलफल पछि सभामुख देवराज घिमिरेले बैठकमा निर्माणार्थ प्रस्तुत गर्नुभएको थियो । प्रतिनिधि सभामा बहुमतले विधेयक पास भएको छ ।
सो विधेयक साउन २४ गते संसदीय समितिको बैठकले सर्वसम्मतिले पारित गरी संसदमा पठाएको थियो । विधेयकका केही बुँदामा प्रमुख राजनीतिक दलका नेता सम्मिलित तीन सदस्यीय कार्यदलले सहमति जुटाएको कारण छोटो छलफल पछि नै विधेयक पास भएको हो ।
