काठमाडौं । आज राष्ट्रिय सभा बैठक बस्दै छ ।
बैठक दिउँसो १ बजे बोलाइएको छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री आजयकुमार चौरसियाले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ सभासमक्ष पेश गर्ने सम्भावित कार्यसूची छ ।
बैठकमा कानुन मन्त्री चौरसियाले नै प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
