काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दै छ ।
बैठक दिउँसो १ः१५बजे संसद् भवन नयाँबानेश्वरमा बस्नेछ ।
आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘नेपाल कानुन व्यवसायी परिषद् (तेस्रो संशोधन) विधेयक, २)८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै मन्त्री चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक माथि दफावार छलफल गरी पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
