काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. प्रकाशशरण महतले शेयर मार्केट प्रति नागरिकको आकर्षण बढ्दै गएको बताउनुभएको छ ।
धितो पत्र ऐने संशोधन विधेयक माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै महतले दैनिक २८ अर्बसम्मको दैनिक कारोबार शेयर बजारमा हुने गरेको बताउनुभयो । त्यसैले शेयर मार्केटका लगानी कर्ताले कम जोखिम महसुस गरुन् भन्ने कुरामा राज्यको ध्यान जानु पर्ने महतले स्पष्ट पार्नुभयो ।
उहाँले शेयर बजार पानीको फोका जस्तो छिनमै बढ्ने छिनमा नै फुट्ने जस्तो नहोस् भन्ने कुरामा ध्यान दिनु पर्ने बताउनुभयो । ‘यो बबल जस्तो नहोस्’, उहाँले भन्नुभयो ।
धितोपत्र सम्बन्धी ऐनको सुधारको आवश्यकता महसुस भएको बेला संशोधन गर्ने विधेयक आएको भन्दै महतले त्यसको स्वागत गर्नुभयो । सो विधेयक छिटो संसदमा छलफल गरेर पारित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
