काठमाडाैं । प्रतिनिधि सभाकाे बैठक आज पनि बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसाे १ बजे बस्ने बैठकका लागि दुई वटा सम्भावित कार्यसूची ताेकिएकाे संसद् सचिवालयले जनाएकाे छ ।
बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडले ले 'आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथी विचार गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
बैठकमा सांसद् ताेसिमा कार्कीले 'हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य संकटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउनु पर्ने' भन्ने सार्वजनिक महत्वको विषयमाथी माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीको ध्यानाकर्षण गर्नुहुने कार्यसूची पनि छ ।
