काठमाडौं । साफ यु-२० च्याम्पियनसिपको फुटबलकाे उपाधिका लागि नेपालले आज बंगलादेशसँग खेल्दैछ ।
नेपाल र बंगलादेशबीचकाे फाइनल खेल ललितपुरकाे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसाे साढे २ बजे सुरु हुनेछ ।
आइतबार भएको पहिलो सेमिफाइनल खेलमा भुटानलाई हराउँदै नेपाल फाइनमा पुगेकाे थियाे । साेमबार भएकाे दाेस्राे सेमिफाइनल खेलमा भारतलाई हराउँदै बंगलादेशले नेपालसँगकाे उपाधि भिडन्त पक्का गरेकाे थियाे ।
