काठमाडाैं । नेकपा एमालेकी सांसद् जुलीकुमारी महताेले मूल्यवृद्धि राेक्न सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् महताेले चाडबाडकाे मुखमा मूल्यवृद्धि भएकाे भन्दै त्यसलाई राेक्न सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । उहाँले भन्नुभयाे - 'बजार आम सर्वसाधारकाे काबु भन्दा बाहिर गएकाे छ, चर्काे मूल्यवृद्धि नियन्त्रणका लागि सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्छ ।'
चाडबाड सुरु हुनै लाग्दा बजारमा बढ्ने कालाेबजारी र चर्काे मूल्यवृद्धि राेक्न सरकारले समयमा ध्यान दिनुपर्ने पनि सांसद् महताेले बताउनुभयाे ।
चाडबाडकाे बेला जनताले सधैं यातायातकाे समस्या भाेग्नुपरेकाे भन्दै उहाँले यस पटक जनताले त्यस्ताे समस्या भाेग्न नपर्ने वातावरण बन्ने विश्वास व्यक्त गर्नुभयाे । चाडबाडकाे बेला हुने गरेकाे सवारी दुर्घटना न्यूनीकरका लागि समयमै सजकता अपनाउन सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
