काठमाडाैं । सत्तारुढ नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले गाैरा पर्वकाे अवसरमा टुँडिखेलमा आयाेजित कार्यक्रममा भएकाे नाराबाजीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) को हात रहेकाे बताउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै सांसद् बजगाईंले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी कार्यक्रममा रास्वपाकाे घूसपैठ रहेकाे बताउनुभयाे । त्यहाँ गाैरा पर्वमाथि आक्रमण गरेकाे हाे कि ? प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीमाथि आक्रमण गरेको ? भन्दै उहाँले प्रश्न गर्नुभयाे ।
टुँडिखेलमा भएकाे आक्रमणलाई एक हिसाबले आक्राेश भन्न सकिएपनि रास्वपाका सांसद्ले प्रदर्शनकारीकाे पक्ष लिएकाले रास्वपाकाे घूसपैठ रहेकाे सांसद् बजगाईंले बताउनुभयाे ।
पवित्र कार्यक्रममा नाराबाजी र हाेहल्ला गरेर नयाँ भनिएकाे दलले धार्मिक सहिष्णुता भंग गर्न खाेजेकाे उहाँले बताउनुभयाे । 'प्रतिपक्षीको रोमा बसेका सांसद् साथीहरुले गौरा पर्वको अवसरमा टुँडिखेलमा प्रदर्शन गर्ने साथीहरुको रिहाइको माग गर्नुभयो, दलका साथीहरुको पनि त्यहाँ उपस्थिति देखियो भनेर पत्रपत्रिकामा आएको छ, गौरा पर्वमा आक्रमण गरेको कि ? प्रधानमन्त्री, नेपाल सरकारका साझेदार पूर्व प्रधानमन्त्रीमाथि आक्रमण गरेको ? धार्मिक सहिष्णुता भंग गर्ने गतिविधिको लागि जुन दल उद्दत छ, त्यो दलमाथि म प्रश्न गर्न चाहन्छु'- उहाँले भन्नुभयाे ।
रास्वपाका एक जना सहमहामन्त्रीले दाेहाेराे चरित्र देखाएकाे समेत सांसद् बजगाईंले बताउनुभयाे । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का डीजी प्रदीप अधिकारीलाई जोगाइदिन भन्दै रास्वपाका सहमहामन्त्रीले आफूलाई आग्रह गरेको पनि सांसद् बजगाईंले गर्नुभयाे । रवि लामिछानेकाे मान्छे भएकाे भन्दै ती सहमहान्त्रीले अधिकारीलाई जाेगाइदिन आग्रह गरेका भन्दै उहाँले नयाँ भनिएकाे दलले यस्ताे दाेहाेराे चरित्र देखाउछ भन्ने कल्पना आफूले नगरेकाे पनि बताउनुभयाे ।
