काठमाडाैं । सांसद् गंगाप्रसाद यादवले सरकारमा छँदा भ्रष्टाचार नदेख्ने बाहिर गएपछि ठूला ठूला कुरा गर्ने प्रवृत्ति गलत रहेकाे बताउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् यादवले माओवादी केन्द्रप्रति लक्षित गर्दै त्यसाे भन्नुभएकाे छ ।
सांसद्हरु हाजिर गरेर टाप (हाटा) कस्नु पनि एक खालकाे भ्रष्टाचार भएकाे उहाँले बताउनुभयाे । 'हिजो मात्रै सदनमा सुरुमा सांसद्हरुको जुन उपस्थिति रहयो, हामी सांसद्हरु उपस्थिति गर्छौं, उपस्थिति गरेपछि निस्कछाैं, लास्टसम्म बस्न सक्दैनौँ, के यो भ्रष्टाचारको परिभाषा भित्र पर्दैन ? हामीले बैठकमा उपस्थिति भएबापत केही सुविधा पाइरहेका हुन्छाैं'- सांसद् यादवले भन्नुभयाे ।
