काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको (टीआरसी) विधेयक प्रमाणीकरण गर्नुभएकाे छ ।
संघीय संसद्को दुबै सदनबाट पारित भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ राराष्ट्रपति पौडेलले बिहीबार प्रमाणीकरण गर्नुभएकाे हाे । उहाँले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम साे विधेयक प्रमाणीकरण गर्नुभएकाे राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएकाे छ ।
याेसँगै अब उक्त ऐन कार्यान्वयनमा जानेछ । ऐन अनुसार अब सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोग गठनको बाटो खुलेको छ ।
