काठमाडौं । नेकपा एमालेका सांसद् गोकुल बाँस्कोटाले नेपाल विद्युत् प्राधिकरणको २२ अर्ब रुपैयाँ बक्यौता उठाउन रोक्ने काम पुष्पकमल दाहाल प्रचण्डले गरेकाे बताउनुभएकाे छ ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै सांसद् बाँस्काेटाले तत्कालीन अवस्थामा सरकारका रहँदा प्रचण्डले नै विद्युत प्राधिकरणलाई दुईवटा पत्र लेखेर बक्यौता उठाउन रोकेको बताउनुभयाे । उहाँले भन्नुभयाे - 'याे राेक्ने प्रचण्ड नै हाे, याे नउठाउने प्रचण्ड नै हाे, उहाँले पत्र लेखेकाे हाे, उहाँले जवाफ दिनुपर्छ, संसद्ले स्पष्टिकरण साेध्नुपर्छ ।'
आफूले बदमासी गरेर हिलाे अरुमाथि छ्याप्ने काम बन्द गर्न पनि सांसद् बाँस्काेटाले प्रचण्डलाई चेतावनी दिनुभयाे । प्राधिकरणको २२ अर्ब बक्यौतामध्ये १६ अर्ब छुट दिने निर्णय गर्ने पूर्व प्रधानमन्त्री प्रचण्डले अहिले दोहोरो कुरा गरिरहेको सांसद् उहाँले बताउनुभयाे । सांसद् बाँस्काेटाले भन्नुभयाे - 'प्रचण्डकै पालामा २२ अर्ब बक्यौतामध्ये १६ अर्ब छुट दिने निर्णय भएको हो, देशकाे प्रधानमन्त्री भइसकेकाे मानिसले दाेहाेराे कुरा गर्न मिल्दैन, बरु छेपाराले रंग लगाउँछ हाेला प्रचण्डले आफ्ना कुरा फेर्न समय लाग्दैन, प्रचण्ड र छेपाराबीच रंग फेर्ने प्रतिष्पर्धा गरिदिऔं ।'
प्राधिकरणले पैसा उठाउन खाेजेकाे तर विद्युत प्रयाेग गरेकाे लाेड प्रभावित डाटा पठाउन नखाेजेकाे सांसद् बाँस्काेटाले बताउनुभयाे । प्रचण्डप्रति लक्षित गर्दै उहाँले भन्नुभयाे -'बक्याैता नउठाउ भन्ने काे रहेछ ? अस्ती राेस्टममा उभिएर बाेल्ने मानिस रहेछ, नउठेकाे पैसा अब कसले तिर्छ प्रश्न याे हाे ।'
सत्ताबाट बाहिरिनासाथ रन्थनिएर आन्दोलनको हुँकार गर्दै हिँडेको उहाँले बताउनुभयाे । प्रचण्डलाई उत्तेजित नहुन सुझाउँदै सांसद् बाँस्काेटाले भन्नुभयाे - 'बंगलादेश बनाउने ? बंगलादेश बनाएकाे त हामीले उही बेला देखेका थियाैं नि सिंहदरबार कब्जा गर्न आउँदाखेरी हेरेर ६ दिनमै च्युरा खाएर फर्किएकाे, मरेका छैनन् एमाले र कांग्रेस पनि आन्दोलनबाटै आएका हुन्, उत्तेजित धेरै हुनुपर्दैन ।'
एक जना सांसद्ले बाेल्याे भनेर माओवादीले संगठित रुपमा ट्राेल बनाइरहेकाे आपत्ति जनाउँदै उहाँले माओवादी जाेडिएका काण्डकाे छानबिन हुनुपर्ने बताउनुभयाे । सांसद् बाँस्काेटाले भन्नुभयाे - 'चिलिमे, जग्गा खरिद र ट्रान्सफर्मर खरिदमा के भएकाे हाे छानबिन गराैं, याे कानुनी राज हाे जंगली राज हाेइन ।'
सरकार ढलेकाे भाेलिपल्ट एउटा बनेकाे भाेलिपल्ट एउटा कुरा गर्दै हिँड्ने काम बन्द गर्न समेत प्रचण्डलाई उहाँले चेतावनी दिनुभयाे । सांसद् बास्काेटाले आफूले बदमासी गरेर हिलाे अरुमाथि छ्याप्ने काम बन्द गर्न पनि सांसद् बास्काेटाले प्रचण्डलाई चेतावनी दिनुभयाे ।
प्राप्रचण्डप्रति लक्षित गर्दै उहाँले भन्नुभयाे -'बक्याैता नउठाउ भन्ने काे रहेछ ? अस्ती राेस्टममा उभिएर बाेल्ने मानिस रहेछ, नउठेकाे पैसा अब कसले तिर्छ प्रश्न याे हाे ।'
लेखा समितिकाे मात्र नभएर सबै समितिकाे सभापति फेर्न पनि उहाँले आग्रह गर्नुभयाे ।
