काठमाडौं । नेकपा एमालेका सांसद् ठाकुर गैरेले मिटरब्याज पीडितकाे समस्या चाँडै समाधान हुनुपर्ने बताउनुभएकाे छ ।
आइतबार बसेको प्रतिनिधि सभाकाे अर्थ समितिको बैठकमा बोल्दै सांसद् गैरेले मिटरब्याज पीडितहरुको कुरा सदनमा उठेको भएपनि अहिलेसम्म समाधान हुन नसकेको बताउनुभयाे । उहाँले भन्नुभयाे - 'प्रतिनिधि सभामा मिटरब्याज पीडितका समस्याहरुको बारेमा हामीले यस पटक धेरै छलफल, बहस, क्रियाअन्र्तक्रिया, त्यसका लागी थुप्रै समितिहरु निर्माण देखि लिएर एउटा प्रक्रियामा हामी गयौं, तर पनि समस्या चाँही विभिन्न रुपले यथावत छ ।'
जनताले भोगेका समस्या सम्बोधन गर्ने नीतिको आवश्यक्ता रहेको सांसद् गैरेले बताउनुभयाे । उहाँले बैंकिङ कसुरमा कारबाहीमा परेका व्यक्तिहरुले अर्को बैंकबाट ऋण लिन नपाउने व्यवस्थामा कडा नियम बनाउनुपर्ने बताउनुभयाे । 'चेक अनादर हुँदा अर्थात बैंकिङ कसुर सम्बन्धि घटना भैइसके पछित्यो अवस्थामा एउटा व्यक्तीको चेक अनादर भयो अर्थात बैंकिङ कसुर प्रकृयामा गयो अर्थात पृष्टि भयो भने त्यसपछि पनि ति व्यक्तिहरुले अर्को बैंकबाट र अरु ठाउँबाट ऋण लिन पाइ राख्ने त्यसको चाँही कारोवार गर्न पाइराख्ने अहिलेको विद्यमान जुन स्थिती छ त्यसमा हामीले टाइट हुनुपर्याे'- सांसद् गैरले भन्नुभयाे ।
