काठमाडाैं । सार्वजनिक सेवा प्रशारण विधेयक, २०७७ संसदीय समितिबाट पारित भएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ लाई दफावार छलफल गरी पारित गरेको हो ।
बैठकमा सार्वजनिक सेवा प्रशारण विधेयक, २०७७ का सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथि छलफल भएको थियो । समितिमा टुंगिन बाँकी दफाहरुमाथि छलफल गरी समितिमा प्रतिवेदन पेस गर्न समितिले ०८१ वैशाख २६ गते सांसद छविलाल विश्वकर्माको संयोजकत्वमा सांसदहरु देवेन्द्र पौडेल, तोसिमा कार्की, डिकबहादुर लिम्बू र रामप्रकाश चौधरी गरी ५ सदस्य रहेको उपसमिति गठन गरेको थियो ।
