काठमाडौं । प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले मानवीय गल्ती गरेर विद्यार्थीको भविष्य बरबाद गर्न नपाइने भएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै पौडेलले शिक्षालाई सुधार गर्नुपर्ने सबैतिरबाट कुरा उठिरहेको अवस्थामा चिकित्सा शिक्षा आयोगले नतिजा प्रकाशनमा गम्भीर गल्ती गरेको उहाँले बताउनुभयो । ‘मानवीय गल्ती गरेर विद्यार्थीको भविष्यलाई धरापमा पार्न पाइन्छ र ?’, उहाँले प्रश्न गर्नुभयो ।
आयोगको गल्तीको कारण झण्डै ३ हजार विद्यार्थीको परीक्षा नतिजा गञ्जागोल भएको उहाँले बताउनुभयो । ‘भद्रगोल बनाउने अनि फेरि सच्याइयो भन्ने’, उहाँले भन्नुभयो ।
