काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. चन्द्रकान्त भण्डारीले सरकाले साना साना काम गर्दा पनि जनताले धेरै ठुलो सुविधा प्राप्त गर्न सक्ने बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै डा. भण्डारीले सरकारले जनताको लागि त्यस्तो काम गर्न नसकेको बताउनुभयो । सरकारले समृद्धिका लागि धेरै काम गर्न सक्ने भए पनि त्यस्ता काम गर्ने इच्छाशक्ति कोहीसँग नभएको स्पष्ट पार्नुभयो ।
सरकारमा रहनेले अर्थशास्त्रको नियम बुझ्न नसक्दा अहिलेको स्थिति आएको भण्डारीको भनाइ छ । ‘हामीले अर्थशास्त्रको नियम बुझेनौँ, त्यसैले विकास निर्माण ठप्प छ’, उहाँले भन्नुभयो ।
देशमा साना मानिसहरूको कारण नभई आफूलाई ठुला भन्नेकै कारण समस्या आएको उहाँले बताउनुभयो । आफूलाई ठुला भन्नेले नै भ्रष्टाचार गरेका भण्डारीको भनाइ छ । केही सीमित व्यक्तिलाई ब्रम्हलुट गर्नका निम्ति यो व्यवस्था नल्याइएको उहाँले बताउनुभयो ।
जनतासँग पैसा उठाउने एनसीएलले सरकारलाई पैसा तिर्नुपर्ने र सरकारले पैसा उठाउनु पर्ने भण्डारीले बताउनुभयो । कुनै व्यापारीलाई विद्युत् महसुल छुट दिन पनि नमिल्ने उहाँको भनाइ छ ।
सरकारले निगरानी गर्दा मात्र पनि जनताले धेरै सुविधा पाउने उहाँले बताउनुभयाे । कांग्रेस र एमाले मिल्दा कम्तिमा यति काम गर्नुपर्ने उहाँकाे धारणा छ । 'सरकारले भाषण गरेर हाेइन, काम गरेर देखाउनु पर्छ'
