काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको म्याद १५ दिन थप भएको छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा समितिकाे म्याद १५ दिन थप गरिएकाे हाे ।
बैठकमा समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले समितिको कार्यावधि थप सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएकाे थियाे । साे प्रस्तावलाई निर्णयार्थ पेस गर्दै सभामुख देवराज घिमिरेले सर्वसम्मतिले स्वीकृत भएकाे घाेषणा गर्नुभयाे ।
प्रस्ताव प्रस्तुत गर्दै समिति सभापति थापाले समितिले हालसम्म गरेका कामहरूको बारेमा संक्षिप्त जानकारी दिनुभएकाे थियाे ।
