काठमाडौं । विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको छ ।
बुधबार सिंहदरवारमा बसेको प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकले साे विधेयक संशोधनसहित पारित गरेको हो ।
विधेयकसम्बन्धी समितिको प्रतिवेदनको मस्यौदा आवश्यक संशोधनसहित पारित गरिएको समितिकी सभापति विमला सुवेदीले जानकारी दिनुभयाे ।साे विधेयक प्रतिनिधि सभाको आगामी बैठकमा पेस गर्न सभामुख देवराज घिमिरेलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेकाे उहाँले बताउनुभयाे ।
