काठमाडाैं । राप्रपाका सांसद् धवलशमशेर जबराले काठमाडौंका नदी किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाउने सर्वाेच्च अदालतकाे फैसला विरुद्ध सरकार पुनरावलोकन (भ्याकेट) मा जानुपर्ने बताउनुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठककाे आकस्मिक समयमा बाेल्दै सांसद् जबराले सर्वाेच्चकाे फैसला कार्यान्वयन भए हजाराैं मानिसकाे जनधन शून्यतामा परिणत हुने बताउनुभयाे ।
व्यक्तिकाे सम्पत्तिकाे रक्षा गर्नुपर्ने अधिकार संविधानमै उल्लेख गरेकाे भन्दै उहाँले याे निर्णयलाई सरकारले पुनरावलाेकन गरेन भने काठमाडाैंमा ठूलाे संख्यामा सुकुम्बासी पैदा हुने बताउनुभयाे । 'सरकारले बिलम्ब नगरी याे कार्य राेक्नुपर्याे, पुनरावलाेकनमा जानुपर्याे, नत्र काठमाडाैंका जनताले ठूलाे आन्दाेलन गर्ने तयारी गरेका छन्, त्याे आन्दाेलनमा जनताकाे ज्यान जाने स्थिति आउन सक्छ'- सांसद् जबराले भन्नुभयाे ।
