काठमाडौं । बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१ संसदीय समिति पारित भएकाे छ ।
साेमबार सिंहदरबारमा बसेकाे प्रतिनिधि सभाको अर्थ समितिले बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० लाई संशोधनसहित पारित गरेको हो ।
१० करोड भन्दा बढी चेक अनादर प्रमाणित भए ४ वर्षसम्म कैद सजाय हुने लगायत प्रावधान विधेयकमा राखिएकाे छ ।
०८० साउन २३ गतेको मन्त्रिपरिषद् बैठकले बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८० को मस्यौदा स्वीकृत गरेको थियो । तत्कालीन अर्थमन्त्री अर्थमन्त्री डा. प्रकाशशरण महतले ०८० असोज १६ गते साे विधेयक सदनमा दर्ता गर्नुभएको थियो ।
