काठमाडौं । प्रतिनिधि सभामा उपसभामुख इन्दिरा रानामाथि प्रश्न उठाइएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै सांसद् शोभा ज्ञवालीले केही समयअघि उपसभामुखको अगुवाइमा अमेरिकाको कार्यक्रममा अन्य व्यक्तिलाई पठाउने भनी राजदूताबासमा पत्र लेखिएकाे समाचार बाहिरिएकाे बताउनुभयाे । त्यसरी लेखिएको पत्र यदि सत्य हो भने यो सानो कुरा नभएको भन्दै उहाँले उपसभामुखले गरिमामय संसद्लाई अपहेलना गरेकाे ठहर हुने बताउनुभयाे ।
मानव तस्करसँँग जोडिएको कुरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद चुप लाग्नु हुँदैन भन्दै अन्य पार्टीका विषयमा जोडका साथ बोल्ने रास्वपाका सांसद यो विषय किन मौन ? भन्ने प्रश्न सांसद् ज्ञवालीले गर्नुभयाे ।
बैठकमा बाेल्दै सांसद् सरस्वती सुब्बाले उपसभामुखमाथि उठेकाे विषय सदनले स्पष्ट रुपमा थाहा पाउनुपर्ने बताउनुभयाे ।
बैठकमा बोल्दै सांसद् सूर्य प्रसाद ढकालले सदनभित्र र र सदन बाहिर उपसभामुखको विषय उठेकाले राजीनामा दिनुपर्ने माग गर्नुभयाे । 'नैतिकताको कुरा उठेको छ, पदीय मर्यादा र मानव तस्करीको कुरा उठेको छ‚ उपसभामुखले राजीनामा दिन माग गर्दछु'- उहाँले भन्नुभयाे ।
