काठमाडाैं । सार्वजनिक सेवा प्रशारण विधेयक, २०८१ प्रतिनिधि सभाबाट पारित भएको छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकले साे विधेयक पारित गरेकाे हाे । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक सेवा प्रशारण विधेयक, २०८१ लाई पारित गरियाेस् भनि प्रस्ताव प्रस्तुत गर्नुभएकाे थियाे ।
साे प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दै सभामुख देवराज घिमिरेले बहुमतले पारित भएकाे घाेषणा गर्नुभयाे ।
त्यसअघि साे विधेयकमाथि छलफल भएकाे थियाे । छलफलमा सांसद्ले उठाएका प्रश्न र जिज्ञासाकाे मन्त्री गुरुङले जवाफ दिनुभएकाे थियाे ।
