काठमाडाैं । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङकाे व्यवहार अनुशरण गर्न आग्रह गर्नुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठककाे आकस्मिक समयमा बाेल्दै प्रमुख सचेतक पाण्डेले संविधान निर्माण गर्नका लागि नेम्वाङले निर्वाह गर्नुभएकाे महत्वपूर्ण भूमिकाकाे स्मरण गर्नुभयाे ।
नेपालकाे कम्युनिष्ठ आन्दाेलन र संसदीय राजनीतिमा नेम्वाङले सहकार्यका लागि सन्तुलित भूमिका निर्वाह गर्नुभएकाे उहाँले बताउनुभयाे । 'आज संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङकाे प्रथम स्मृति दिवस,संविधान निर्माण गर्नका लागि निर्वाह गर्नुभएकाे थियाे, उहाँकाे जाे व्यक्तित्व थियाे संविधानसभा, प्रतिनिधि सभा सँगसँगै समग्र कम्युनिष्ट आन्दाेलनलाई अगाडि बढाउन सहकार्यका लागि सन्तुलित भूमिका निर्वाह गर्नुहुन्थ्याे, उहाँकाे विचार र व्यवहारबाट सिक्न सभाका माननीय सदस्यहरुलाई आग्रह गर्छु'- पाण्डेले भन्नुभयाे ।
