काठमाडाैं । प्रतिनिधि सभाकाे बैठक स्थगित भएकाे छ ।
बुधबार प्रमुख प्रतिपक्षी माओवादी केन्द्रकाे अवराेधका कारण कार्यसूचीमै अघि बढिरहेकाे बैठक भदाै ३० गतेसम्मका लागि स्थगित भएकाे हाे ।
बैठकमा सभामुख देवराज घिमिरेले माओवादी हिंसा भन्ने शब्द असंसदीय नदेखिएकाले संसद्को रेकर्डबाट हटाउन नपर्ने निर्णय जानकारी गराउनुभयाे । माओवादी सांसद्ले उठेर सभामुखको साे निर्णयप्रति आपत्ति जनाए । साेही विषयलाई लिएर एमाले र माओवादी सांसद्बीच केहीबेर चर्काचर्की भयाे ।
सभामुख घिमिरेले साे विषय संसद्मा बहस गर्ने र टुंगिने विषय नभएकाे भन्दै पटक-पटक बैठककाे कार्यसूची अघि बढाउन आग्रह गर्नुभयाे । तर माओवादी सांसद्ले टेरेनन् । त्यसपछि सभामुख घिमिरेले बैठक सञ्चालनमा असहयाेग भएका कारण कार्यसूचीका बाँकी कार्यक्रम सूचीबाट हटाएकाे र बैठक भदाै ३० गतेसम्मका लागि स्थगित भएकाे घाेषणा गर्नुभयाे ।
