काठमाडौं । राष्ट्रिय सभाका दुई समितिको सभापति पदका लागि तीन जनाको उम्मेदवारी दर्ता भएको छ ।
विधायन व्यवस्थापन समितिको सभापतिका लागि जयन्तीदेवी राई र तुलसाकुमारी दाहालले उम्मेदवारी दर्ता गराउनुभएकाे सचिव सुरेन्द्र अर्यालले जानकारी दिनुभयाे ।
जयन्तीदेवीको प्रस्तावकमा डा. बेदुराम भुसाल र समर्थकमा सांसद् सुरेशकुमार आलेमगर हुनुहुन्छ । तुलसाकुमारीकाे प्रस्तावकका भगवति न्यौपाने र समर्थकमा आनन्दप्रसाद ढुंगाना हुनुहुन्छ ।
राष्ट्रिय सभाकाे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा मायाप्रसाद शर्माको मात्र उम्मेदवारी दर्ता भएको छ । शर्माको प्रस्तावकमा सांसद् मदनकुमारी शाह (गरिमा) र समर्थकमा सांसद् नरबहादुर विष्ट हुनुहुन्छ ।
सभापति चयनका लागि भाेलि भदौ ३१ गते चुनाव हुँदैछ । भाेलि दिउँसाे सभा १ बजे राष्ट्रिय सभा बैठक बस्नेछ ।
