काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को चालु (बजेट-वर्षे) अधिवेशन अन्त्य गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी संसद्काे चालु अधिवेशन अन्त्य गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले निकाल्नुभएकाे विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रपति पाैडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसद्को दुवै सदनको चालु अधिवेशन सम्वत् ०८१ भदौ ३१ गते सोमबार राति १२ बजेदेखि अन्त्य गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
आइतबार बसेकाे मन्त्रिपरिषद् बैठकले संघीय संसद्काे चालु अधिवेशन अन्त्य गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेकाे थियाे ।
संसद्काे चालु अधिवेशनकाे अन्तिम बैठक अहिले जारी छ ।
