काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नाे आसन्न अमेरिका भ्रमणबारे सदनलाई जानकारी गराउनुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठकमा सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले आगागी असाेज ४ गते संयुक्त राष्ट्रसंघकाे ७९औं महासभामा भाग लिनकाे लागि नेपालकाे प्रतिनिधित्व गर्दै अमेरिका प्रस्थान गर्ने जानकारी दिनुभयाे ।
नेपालका आफ्ना अडान, दृष्टिकाेण, उलपलब्धि र समस्या रहेका भन्दै उहाँले तिन विषयमा के कसरी अगाडि बढ्न सकिन्छ भन्नेबारे नेपालकाे तर्फबाट आफ्ना दृष्टिकाेण महासभामा प्रस्तुत गर्ने जानकारी दिनुभयाे । नेपालकाे लाेकतन्त्रप्रतिकाे प्रतिबद्धता पनि त्यहाँ राख्ने प्रधानमन्त्री ओलीले बताउनुभयाे । राष्ट्रिय हितलाई तलमाथि पर्न नदिने नेपालकाे प्रतिबद्धता पनि आफूले राख्ने उहाँले बताउनुभयाे ।
प्रधानमन्त्री ओलीले विभिन्न प्राकृतिक विपत्तिसँगै पाँचथरमा बम विस्फाेटबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयाे । ती घटनामा घाइते भएकाहरुकाे उपचारकाे जिम्मा सरकारले लिने उहाँले बताउनुभयाे ।
प्रधानमन्त्री ओलीले पाँचथरमा बम विस्फाेटमा परी ज्यान गुमाएका दुई बालबालिकाकाे परिवारलाई जनही ५-५ लाख रुपैयाँ क्षतिपूर्ति दिने घाेषणा पनि गर्नुभयाे । उहाँले साे विस्फाेटमा परी घाइते भएका दुई बालबालिकाकाे उपचारकाे जिम्मा सरकारले लिने पनि बताउनुभयाे । 'त्यस घटनालाई बम विस्फाेटबाट मृत्यु भएकाे हाे भन्न मिल्ने कि नमिल्ने भन्ने प्रश्न समेत गर्नुभयाे । पाँचथरको फालेलुङ गाउँपालिका-५ प्राङबुङस्थित ज्ञानबहादुर राईको परिवार बस्दै आएको घरको आँगनमा विस्फोटक पदार्थ पड्किँदा दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सन साँवा र २ वर्षीया छोरी प्रिन्सा साँवाकाे ज्यान गएकाे थियाे ।
