काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालकाे शिर ढल्ने र प्रतिष्ठा तलमाथि पर्ने कुनै पनि काम नगर्ने प्रतिबद्धता जनाउनुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठकमा संयुक्त राष्ट्रसंघकाे ७९औं महासभामा भाग लिने विषय जानकारी गराउने क्रममा प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय मञ्चमा नेपालकाे शिर उचाे पार्ने विषय राख्ने बताउनुभयाे । उहाँले भन्नुभयाे - 'नेपालकाे शिर ढल्नेगरी, नेपालकाे इज्जत तल पर्नेगरी नेपालकाे प्रभाव, प्रतिष्ठा, हित सराेकार केही पनि तल पर्नेगरी काम गर्दिनँ ।'
महासभामा भाग लिएर फर्किएपछि त्यहाँ प्रस्तुत गरेका हरेक विषय आफूले सदनलाई जानकारी गराउने प्रतिबद्धता पनि प्रधानमन्त्री ओलीले जनाउनुभयाे । आफूहरुले देश र जनताका लागि राजनीति गर्ने भन्दै उहाँले भाेलिका लागि गर्नुपर्ने काम बुझेर साेही नीतिअनुसार काम गर्ने बताउनुभयाे ।
