काठमाडाैं । सहकारी संस्था बचत अपचलनसम्बन्धी छानबिन गर्न बनेको संसदीय विशेष समितिकाे प्रतिवेदन प्रतिनिधि सभामा पेस भएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठकमा समितिका सभापति सूर्य थापाले समितिकाे प्रतिवेदन पेस गर्नुभएकाे हाे । आफूलाई प्राप्त कार्यादेशमा केन्द्रित भए ६६ वटा बैठक बसेर समितिले प्रतिवेदन तयार पारेकाे उहाँले बताउनुभयाे ।
तथ्यकाे माध्यमबाट सत्य खाेज्ने प्रर्यत्न गरिएकाे पनि सभापति थापाले बताउनुभयाे । समितिकाे पछिल्लाे बैठकका प्रधानमन्त्री केपी शर्मा ओली उपलस्थित भएर सरकारकाे तर्फबाट प्रतिवेदन कार्यान्वयनकाे प्रतिबद्धता जनाउनुभएकाे उहाँले बताउनुभयाे ।
