काठमाडाैं । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना रसिया प्रस्थान गर्नुभएको छ ।
रसियाकाे औपचारिक भ्रमणका लागि उपसभामुख राना आज बिहान त्यसतर्फ प्रस्थान गर्नुभएकाे हाे ।
रसियाको सेन्टपिर्टसवर्ग शहरमा असोज २ देखि आयोजना हुने कार्यक्रममा भाग लिन उपसभामुख राना फ्लाई दुवईको बिहान ९ बजेको उडानबाट रसिया भ्रमणमा जानुभएको उहाँकाे सचिवालयले जनाएकाे छ ।
उपसभामुख राना रसिया र स्वतन्त्र राज्यहरुको राष्ट्रमण्डलको अन्तरसंसदीय विधानसभाको आयोजनामा असोज २ देखि ४ गते-सेप्टेम्बर १८ देखि २० सम्म सञ्चालन हुने चौथो यूरेसियन महिला फोरममा सहभागी हुने कार्यक्रम छ । उहाँले उक्त फोरमलाई सम्बोधन गर्नुहुनेछ ।
रुसकाे भ्रमण सकेर उपसभामुख राना असोज ५ गते-सेप्टेम्बर २१ मा स्वदेश फर्कने कार्यक्रम छ ।
