काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल स्वीट्जरल्याण्डकाे जेनेभा प्रस्थान गर्नुभएकाे छ ।
अन्तर-व्यवस्थापिका संघ (आईपीयू) को १४९ औं महासभामा भाग लिन राष्ट्रिय सभा अध्यक्ष दाहाल नेतृत्वको ९ सदस्यीय टोली जेनेभा प्रस्थान गरेको हाे ।
असोज २७ देखि कार्तिक १ गतेसम्म चल्ने आईपीयूको १४९ औं महासभामा राष्ट्रिय सभा अध्यक्ष दाहालको नेतृत्वमा प्रतिनिधि सभा सदस्यहरू सुनिता बराल र निशा डाँगी तथा राष्ट्रिय सभा सदस्यहरू तारामान स्वाँर र कृष्णप्रसाद पौडेल सहभागी हुनुहुन्छ ।
अध्यक्ष दाहालले महासभामा सहभागी विभिन्न राष्ट्रका प्रतिनिधिमण्डल एवं अन्तर-व्यवस्थापिका संघ तथा सचिवालयका पदाधिकारीसँग भेटघाट गर्ने कार्यक्रम समेत रहेको उहाँकाे सचिवालयले जनाएकाे छ ।
