काठमाडाैं । संघीय संसद् सचिवालयले प्रतिनिधि सभा सदस्य रवि लामिछाने पक्राउ परेको जानकारी गराएको छ ।
संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सांसद् रवि लामिछाने पक्राउ परेको शनिबार सूचनामार्फत जानकारी दिनुभएकाे छ ।
चितवन क्षेत्र नम्बर-२ बाट निर्वाचित सांसद् लामिछानेलाई कास्की जिल्ला अदालतको पक्राउ अनुमति बमोजिम फौजदारी कसुरको अनुसन्धानको क्रममा पक्राउ गरिएकाे जानकारी आएकाे सूचनामा उल्लेख छ । 'नेपालको संविधानको धारा १०३ को उपधारा ९६० बमोजिम जानकारी गराइएको भन्ने समेत ब्यहोराको जिल्ला प्रहरी कार्यालय कास्की, अपराध अनुसन्धान तथा कारबाही शाखाको प.सं. २०८१-०८२ च.नं. ७०२७ मिति २०८१-०७-०२ गतेको पत्रबाट सम्माननीय सभामुखज्यूलाई लेखी आएकोले प्रतिनिधि सभा नियमावली २०७९ को नियम २४८ को उपनियम २ को प्रयोजनको लागि यो सूचना प्रकाशन गरिएको छ'- सूचनामा उल्लेख छ ।
