काठमाडाैं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । राष्ट्रिय सभाका विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेकाे हाे ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा दिगो एवं विपद् संवेदनशील पूर्वाधार विकासको बारेमा छलफल तथा योजनावद्ध शहरीकरण तथा बस्ती विकासको बारेमा छलफल हुनेछ ।
बिहान साढे ११ बजे नै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।
