काठमाडाैं । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे चीन प्रस्थान गर्नुभएकाे छ ।
चीनको १० दिने औपचारिक भ्रमणका लागि उपाध्यक्ष घिमिरे मंगलबार अपरान्ह चीनको छेन्दु प्रस्थान गर्नुभएको हाे । चीनको जियाङ्सु प्रान्तको राजधानी नानजिङमा आयोजना हुने दोस्रो ग्लोबल साउथ थिंक ट्यांक संवादमा भाग लिनका लागि उपाध्यक्ष घिमिरे छेन्दु प्रस्थान गर्नुभएको हाे ।
कात्तिक २८ देखि ३० गतेसम्म हुने दोस्रो ग्लोबल साउथ थिंक ट्यांक संवादमा उपाध्यक्ष घिमिरेले सम्बोधन गर्ने कार्यक्रम रहेको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो ।
उपाध्यक्ष घिमिरेले भ्रमणका क्रममा जियाङ्सु, बेइजिङ र हुबेई प्रान्तको भ्रमण गर्ने र जनकंग्रेसका प्रान्तीय पदाधिकारी तथा प्रान्तीय विशिष्ट पदाधिकारीसँग भेटवार्ता गर्नुहुने कार्यक्रम छ ।
उपाध्यक्ष घिमिरे मंसिर ६ गते स्वदेश फर्कनुहुनेछ ।
