काठमाडाैं । उपप्रधान तथा गृहमन्त्री रमेश लेखकले आगामी मंसिर १६ मा हुने स्थानीय तह उपचुनाव निष्पक्ष र स्वतन्त्र ढंगले सम्पन्न हुने बताउनुभएकाे छ ।
शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाकाे राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लेखकले स्थानीय तहको उपचुनाव निष्पक्ष र स्वतन्त्र ढंगले सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेकाे बताउनुभयाे ।
यसका लागि सुरक्षाका आवश्यक प्रबन्ध मिलाइने प्रतिबद्धता उहाँले जनाउनुभयाे । 'मैले उपनिर्वाचन केन्द्रीय सुरक्षा समितिको बैठक राखिसकेकाे छु, सबै सुरक्षा निकायलाई सुरक्षाको उचित प्रबन्ध गर्न आवश्यक निर्देशन दिइसकेको अवस्था छ'- गृहमन्त्री लेखकले भन्नुभयाे ।
