काठमाडौं । सभामुख देवराज घिमिरे आज कम्बोडिया जानुहुने भएकाे छ ।
सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद्को ११औं सम्मेलन (आईपीटीपी) मा सहभागी हुन सभामखु घिमिरे कम्बोडिया जान लाग्नुभएकाे उहाँकाे सचिवालयले जनाएकाे छ ।
साे सम्मेलन नोभेम्बर २३ देखि २६ (मंसिर ८ गदेखि १० गते) सम्म कम्बोडियाको नोम पेन्ह सहरमा हुँदैछ । सभामुख घिमिरे सम्मेलनमा सहभागी भएर ११ गते स्वदेश फर्कने कार्यक्रम छ ।
एसियाका राजनीतिक दलहरूको १२औं अन्तर्राष्ट्रिय महाधिवेशन (आईक्याप) मा भाग लिन नेपालका विभिन्न दलका नेताहरु पनि हाल कम्बाेडियामा छन् ।
