काठमाडाैं । सभामुख देवराज घिमिरे कम्बाेडिया प्रस्थान गर्नुभएकाे छ ।
सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद्को ११औं सम्मेलन (आईपीटीपी) मा सहभागी हुन सभामुख घिमिरे शुक्रबार साँझ त्यसतर्फ प्रस्थान गर्नुभएकाे हाे ।
मंसिर ८ देखि ११ गतेसम्म कम्बोडियाको राजधानी नोम पेन्हमा आयोजना हुने सम्मेलनकाे पूर्णसत्र सहभागी हुन ५ सदस्यीय संसदीय प्रतिनिधिमण्डलसहित त्यसतर्फ प्रस्थान गरेकाे सभामुख घिमिरेले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएकाे छ ।
नेपालले शान्ति प्रक्रियामा गरेको प्रगति अन्तर्राष्ट्रिय समुदायलाई आफूले जानकारी गराउने पनि उहाँले उल्लेख गर्नुभएकाे छ ।
