काठमाडाैं । सभामुख देवराज घिमिरे कम्बाेडिया पुग्नुभएकाे छ ।
सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद्को ११औं सम्मेलन (आईपीटीपी) मा सहभागी हुन सभामुख घिमिरे शनिबार बिहान कम्बाेडिया पुग्नुभएकाे हाे ।
उहाँलाई नोम पेन्ह अन्तर्राष्ट्रिय विमानस्थलमा कम्बाेडियाका सांसद्ले स्वागत गर्नुभएकाे छ । सभामुख घिमिरेले आफूलाई स्वागत गरिएकाे तस्विर सामाजिक सञ्जालमा सार्वजनिक पनि गर्नुभएकाे छ ।
आज मंसिर ८ देखि ११ गतेसम्म कम्बोडियाको राजधानी नोम पेन्हमा आयोजना हुने सम्मेलनकाे पूर्णसत्र सहभागी हुन ५ सदस्यीय संसदीय प्रतिनिधिमण्डलसहित सभामुख घिमिरे शुक्रबार साँझ त्यसतर्फ प्रस्थान गर्नुभएकाे थियाे ।
उहाँलले नेपालले शान्ति प्रक्रियामा गरेको प्रगति सम्मेलनमार्फत अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुहुनेछ ।
हेर्नुस् तस्विर (तस्विर स्राेत - सभामुख घिमिरेकाे फेसबुक पेज) :
