काठमाडाैं । प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले राजीनामा दिनुभएकाे छ ।
स्वास्थ्य समस्याको कारण देखाउँदै अधिकारीले साेमबार राजीनामा दिनुभएकाे संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले सनराइज खबरलाई जानकारी दिनुभयाे । अधिकारीले भाेलि मंगलबारदेखि लागू हुनेगरी राजीनामा दिनुभएकाे उहाँले बताउनुभयाे ।
सभामुख देवराज घिमिरे कम्बोडिया भ्रमणमा रहेका बेला अधिकारीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा दिनुभएकाे हाे ।
पूर्व सचिव रहनुभएका अधिकारीलाई सभामुख घिमिरेले गत असार १७ गते प्रतिनिधि सभा सचिवमा नियुक्त गर्नुभएकाे थियाे ।
