काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीको राजीनामा स्वीकृत गर्नुभएकाे छ ।
सचिव अधिकारीले दिनुभएकाे राजीनामा राष्ट्रपति पौडेलले आइतबार स्वीकृत गर्नुभएकाे राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएकाे छ ।सचिव अधिकारीले आज मंसिर ९ गते दिनुभएको राजीनामा भाेलि मंसिर १० गतेदेखि लागू हुनेगरी राष्ट्रपति पाैडेलले स्वीकृत गर्नुभएको हाे ।
अधिकारीले स्वास्थ्यको कारण देखाउँदै पदबाट राजीनामा दिनुभएकाे हाे । पूर्व सचिव रहनुभएका अधिकारीलाई सभामुख देवराज घिमिरेले गत असार १७ गते प्रतिनिधि सभा सचिवमा नियुक्त गर्नुभएकाे थियाे । सभामुख घिमिरे कम्बोडिया भ्रमणमा रहेका बेला अधिकारीले राष्ट्रपति समक्ष राजीनामा दिनुभएकाे हाे ।
