काठमाडाैं । राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दैछ ।
बैठक दिउँसो १ बजे संघीय संसद सचिवालय सिंहदरबारस्थित समितिको हलमा बस्नेछ । बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँग सम्बन्धित सरकार आश्वासन सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।
आजको बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्री र मन्त्रालयका सचिवलाई आमन्त्रण गरिएको छ ।
