काठमाडौं । राष्ट्रिय सभाकाे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा राष्ट्रिय निकुञ्जहरुको अवलोकन सम्बन्धमा छलफल भएको छ ।
बुधबार सिंहदरबार स्थित समितिको सभाहलमा बसेकाे समितिकाे बैठकमा राष्ट्रिय निकुञ्जहरुको अवलोकनको विषयमा सम्बन्धित सरोकारवालाहरुसँग छलफल भएको हो ।
छलफलपछि समितिले निकुञ्जमा देखिएका समस्या समाधान उपायसहित सरकारलाई प्रतिवेदन बुझाउने निर्णय गरेकाे छ ।
