काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा ऐन तत्काल ल्याउनुकाे विकल्प नभएकाे बताउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिकाे बैठकमा बोल्दै मन्त्री भट्टराईले प्रविधि, विद्यालय, बालविकास र परम्परागत विद्यालयलाई व्यवस्थित गर्न तत्काल विद्यालय शिक्षा ऐन ल्याउनुपर्ने बताउनुभयाे ।
शिक्षा ऐन चाँडै बनाउन सांसद्हरूले तदारुकता देखाउन आवश्यक रहेकाे भन्दै उहाँले त्यसमा जुनसुकै सहयाेग गर्न मन्त्रालय तयार रहेकाे बताउनुभयाे । शिक्षा ऐन वर्तमान अवस्था भन्दा भविष्यलाई ध्यान दिँदै बनाउनुपर्ने मन्त्री भट्टराईकाे भनाइ थियाे ।
मन्त्रालयले पूर्वसचिव दीपेन्द्र विक्रम थापाको संयोजकत्वमा शिक्षकको दरबन्दी पुनरावलोकन अध्ययन कार्यदल गठन गरेको र उक्त कार्यदललाई २ महिनाको समयावधि दिइएको पनि उहाँले बताउनुभयाे ।
