काठमाडौं । प्रतिनिधि सभाको सचिवमा हर्कराज राईलाई नियुक्त गर्न सिफारिस गरिएको छ ।
सभामुख देवराज घिमिरेले आइतबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी संविधानको धारा १०६ बमोजिम सचिव नियुक्तिसम्बन्धीको सिफारिस गर्नुभएकाे हाे ।
झापाको शिवसताक्षी-२ का राईले सार्वजनिक प्रशासनमा एमफील, राजनीति शास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर र अंग्रेजी साहित्य तथा पत्रकारितामा स्नातक गर्नुभएकाे छ ।
प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले ०८१ मंसिर ९ गते राजीनामा दिएपछि सो पद रिक्त थियो ।
